
गत साता दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकोब जुमा जेल चलान भए। यो घटनाले एउटा आधारभूत तथ्यलाई अगाडि सारेको छ। त्यो के हो भने लोकतन्त्रको जीवन निष्पक्ष न्यायपालिकामा निर्भर हुन्छ।
कानुनको बन्धनमा नबसी स्वेच्छाचारी शासन चलाउने आकांक्षा पालेका नेताहरुका कारण अहिले अन्तर्राष्ट्रिय राजनीति विकृत बनेको छ। यस्ता कठोर शासकहरु तानाशाही मुलुकमा मात्र सिमित छैनन्। स्वतन्त्र निर्वाचन गराउने भारत, टर्की, ब्राजिल, इजरायल र आफूलाई ‘स्वतन्त्र विश्वको नेता’ भन्ने अमेरिकामा समेत यस्ता नेता पैदा भएका छन् …
