
चालु आर्थिक वर्ष २०७७/७८ को अन्तिम दिन आज असार ३१ गते सरकारले वर्षभरिकै उच्च भुक्तानी गरेको छ । महालेखा नियन्त्रण कार्यालयका अनुसार सरकारले आर्थिक वर्ष सकिनै लाग्दा आज एकै दिन अधिकतम २९ अर्ब ६९ करोड माथिको भुक्तानी दिएको हो ।
यस्तो भुक्तानी आज नियमित अर्थात् चालु खर्च तर्फ ६ अर्ब ४२ करोड ५ लाख रुपैयाँ र पुँजीगत खर्च तर्फ अधिकतम १५ अर्ब ९७ करोड ७७ लाख भएको छ भने बाँकी ७ अर्ब २९ करोड ५५ लाख सरकारले वित्तीय व्यवस्थामा भुक्तानी दिएको महालेखा नियन्त्रण कार्यालयले जनाएको छ …
