नागरिक एपमा आएन यातायातको कर तिर्ने सुविधा, अब साउन ६ गतेको भाखा

नागरिक एपमा आएन यातायातको कर तिर्ने सुविधा, अब साउन ६ गतेको भाखा
This image has an empty alt attribute; its file name is TechPana.jpg

काठमाडौं । साउन १ गतेदेखि नागरिक एपबाटै यातायात तथा सवारी साधनको नवीकरण र राजस्व तिर्न सकिने सुविधा सुरु हुन नसक्ने भएको छ । बागमती प्रदेश सरकारले प्राविधिक तयारी पुरा हुन नसकेको भन्दै नागरिक एपमा उपलब्ध हुने सुविधाको भाखा सारेको हो ।

बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले थप प्राविधिक तयारी आवश्यक देखिएकाले सेवा सुरु गर्ने मिति केही दिन पछिका लागि सारिएको बताए । ‘साउन ६ गते मुख्यमन्त्री ज्यूले हेटौडामा यसको शुभारम्भ गर्ने कार्यक्रम तय भएको छ,’ उनले टेकपानासँगको कुराकानीमा भने, ‘यो नसर्ने मिति हो भनेर बुझ्नुहोस् ।’

पुरानै ढर्राबाट चलिरहेको पद्धति र प्रणालीलाई नयाँ डिजिटल प्रणालीमा लैजान चुनौतिपूर्ण हुने भन्दै उनले आवश्यक तयारी पुरा भइनसकेको बताए । ‘प्राविधिक तयारी र परीक्षणका लागि थप समय आवश्यक देखियो,’ उनले भने …

पूरा समाचार पढनुहोस
Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *