
काठमाडौं । नीलम कार्की निहारिकाद्वारा लिखित उपन्यास ‘द्रौपदी अवशेष’ सार्वजनिक भएको छ।
उपन्यासको औपचारिक बिमोचन हुम्लामा नाम्खा गाउँपालिका( ६ का अध्यक्ष पाल्जोर तामाङलगायत स्थानीयको उपस्थितिमा गरिएको हो।
कर्णाली प्रदेश, त्यसमा पनि हुम्लाको उच्च हिमाली भेगको कथामा आधारित भएर लेखिएको ‘द्रौपदी अवशेष’ सांस्कृतिक उपन्यास भएको बताइएको छ …
