
काठमाडाैं । सूचना प्रविधिको विकास तथा विस्तारलाई तीव्रता दिएसँगै स्थानीय सरकार सूचना प्रविधिमैत्री बन्दै गएका छन् । इन्टरनेटको पहुँच विस्तारले स्थानीय तहहरू सूचना प्रविधिमैत्री बन्दै गएका हुन् । दुर्गम स्थानीय तहमा समेत इन्टरनेटको पहुँचको विस्तार भई सेवा प्रवाह सहज भएको छ । यसले सुशासन कायम गर्न सहयोग मिल्दै गएको छ ।
सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठले स्थानीय सरकार सूचना प्रविधिमैत्री बन्दै जाँदा सेवा प्रवाहमा सहजता भई सुशासन कायम भएको बताए । ‘सूचना प्रविधिकै विकासले दुर्गम स्थानीय तहका सरकारी तथ्याङ्क सुरक्षित भएका छन्,’ उनले भने, ‘सूचना प्रविधिलाई उद्योगका रूपमा प्रवद्र्धन तथा विकास गरी स्थानीय तहमा रोजगारीको सिर्जना भएका छन् …
