भारतले कान्दाहारबाट आफ्ना कर्मचारीलाई फिर्ता बोलायो

भारतले कान्दाहारबाट आफ्ना कर्मचारीलाई फिर्ता बोलायो

अफगानिस्तानको कान्दाहारमा रहेको आफ्नो कूटनीतिक नियोगबाट भारतले आफ्ना कर्मचारीलाई फिर्ता लगेको बताएको छ । अफगानी सेना र तालिबानीहरुबीच कन्दाहार प्रान्तमा केही दिनयता तनाब बढेको छ ।

सो क्षेत्रमा तनाव बढ्न थालेपछि भारतले आफ्ना कर्मचारीलाई कान्दाहारमा रहेको नियोगबाट फिर्ता गरेको बताएको हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले आइतबार यस विषयमा जानकारी दिए । अफगानिस्तानको दक्षिणी कन्दाहार शहरमा तालिबानी लडाकूले कब्जा गर्न थालेको भन्ने समाचार आ​एपछि भारतले सो शहरमा रहेको आफ्नो नियोगबाट आफ्ना कर्मचारीहरुलाई बाहिर निकालेको जनाएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भारतले अस्थायी रुपमा यो काम गरेको जानकारी आइतबार दिएका छन् । भारतले आफ्नो कर्मचारीलाई शनिबार नै सो शहरबाट फिर्ता गरेको थियो । प्रवक्ता अरिन्दम बागचीले तर सो स्थानमा रहेको भारतको कन्सुलेट कार्यालय भने बन्द गरेको छैन । आफ्ना कर्मचारीको सुरक्षाका लागि उनीहरुलाई कान्दाहारबाट फिर्ता गरिएको तर कन्सुलेट कार्यालय भने बन्द नगरिएको उनले बताए …

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *