
ललिता निवास प्रकरणमा भ्रष्टाचार मुद्दा लागेका कांग्रेस उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विजय गच्छदार १० लाख रूपैयाँ धरौटीमा रिहा भएका छन् ।
विशेष अदालतमा बुधवार भएको थुनछेक बहसपछि गच्छदारलाई १० लाख रूपैयाँ धरौटी लिएर छाड्ने आदेश भएको गच्छदारका तर्फबाट बहस गरेका अधिवक्ता ललित बस्नेतले जानकारी दिए ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की तथा सदस्य न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासमा बुधवार भएको थुनछेक बहसमा वकिलहरूले गच्छदारलाई साधारण तारेखमा छाड्नुपर्ने जिकिर गरेका हुन् … पूरा समाचार पढनुहोस
Leave a comment