
काठमाडौं । राष्ट्रिय फुटबल टोलीको प्रारम्भिक बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिएका छन्। नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दोस्रो चरणमा १४ खेलाडीलाई टिम बाहिर राख्दै ३६ खेलाडी छनोट गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।
प्रशिक्षक अलमुताइरीले साफ च्याम्पियनसिप र एसियन कप छनोटअन्तर्गत अन्तिम चरणको छनोटका लागि ५० खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाएका थिए। प्रारम्भिक प्रशिक्षणबाट बाहिरिनेमा विशाल सुनार, अमित तामाङ, विवेक बस्नेत, दर्शन गुरुङ, डोना थापा, गौरव बुढाथोकी, मिक्छेन तामाङ, निरज बस्नेत, निशान खड्का, प्रिजेन तामाङ, रवि पासवान, सेसेहाङ आङदम्बे, शिशिर लेखी र सुदिल राई छन् …
